चाइना मिडिया ग्रुपद्वारा एसियाली खेलकुदको इ-स्पोर्ट्स प्रतियोगिताको उत्पादन सम्बन्धी मापन पूरा
2023-09-21 10:45:13cri
Share with:

 

सेप्टेम्बर २० तारिख चाइना मिडिया ग्रुपले “एसियाली खेलकुदको इ- स्पोर्ट्स प्रतियोगिताको उत्पादन सम्बन्धी मापन” सार्वजनिक गरेको छ। चीनमा इ- स्पोर्ट्स प्रतियोगिताको उत्पादनको विषयमा यो पहिलो मापन हो।

 

१९ औँ एसियाली खेलकुद आगामी सेप्टेम्बर २३ तारिखदेखि हाङ चौ शहरमा शुरु हुनेछ। इ- स्पोर्ट्स यस पटकको एसियाली खेलकुदको सबैभन्दा आकर्षक खेलहरुमध्येको एक बन्ने छ। हाङ चौ एसियाली खेलकुदमा उक्त मापदण्डले इ- स्पोर्ट्स प्रतियोगिता बनाउनका लागि चौतर्फी रुपमा प्राविधिक प्रत्याभूति दिने छ।

 

अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाखले यसअघि अन्तर्राष्ट्रिय ओलम्पिक समितिमा इ- स्पोर्ट्स परिषदको गठन भएको घोषणा गर्नुभएको थियो। इ- स्पोर्ट्सले ओलम्पिक खेलकुदमा लोकप्रियता पाउँदैजाने ठहर सम्बन्धित अन्तर्राष्ट्रिय व्यक्तिले गर्नुभएको छ।