एसिया-प्रशान्त क्षेत्रको आर्थिक वृद्धि अझै आशावादी
2023-09-21 06:00:39cri
Share with:

एसियाली विकास बैंकले सेप्टेम्बर २० तारिख 'एसियाली विकास  आउटलुक २०२३' पूरक प्रतिवेदन सार्वजनिक गरेको छ। उक्त प्रतिवेदनमा एसिया-प्रशान्त क्षेत्रको विकासोन्मुख अर्थतन्त्र एकाइहरूप्रति आशावादी रहेको छ जुन यस वर्ष ४.७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। तीमध्ये चीनको अर्थतन्त्र ४.९ प्रतिशतले बृद्धि हुने बताइएको छ।

विश्व अर्थतन्त्रको सामु देखा परेका विविध चुनौतीका बावजुद विभिन्न अर्थतन्त्र एकाइहरूमा मागको पुनरुत्थान, पर्यटनको पुनरुत्थान, वित्तीय उद्योगको स्थिरता लगायत कारक तत्वले गर्दा यस वर्षको पूर्वाद्धमा एशिया-प्रशान्त क्षेत्रको आर्थिक वृद्धि निरन्तर भएको विश्वास प्रतिवेदनमा व्यक्त गरिएको छ। सन् २०२४ मा एसिया प्रशान्त क्षेत्रका विकासोन्मुख अर्थतन्त्र एकाइको वृद्धिदर ४.८ प्रतिशतले बृद्धि हुने अनुमान पनि उक्त प्रतिवेदनमा जनाइएको छ।

यस वर्ष दक्षिण एसियाको बृद्धि दर ५.४ प्रतिशत, पूर्वी एसिया ४.४ प्रतिशत, दक्षिण पूर्वी एसिया ४.६ प्रतिशत, मध्य एसिया र ककेशस ४.६ प्रतिशत र प्यासिफिक आइल्याण्ड ३.५ प्रतिशतले वृद्धि हुने अनुमान पनि उक्त प्रतिवेदनमा गरिएको छ।

एसिया-प्रशान्त क्षेत्रको मुद्रास्फीति महामारीअघिको स्तरसम्म फर्कने अनुमान पनि गरिएको छ।