चिनियाँ अन्तरिक्ष स्टेशनको चौथो अन्तरिक्ष शिक्षण सफल
2023-09-21 18:34:01cri
Share with:

पैचिङ समय अनुसार, सन् २०२३ सेप्टेम्बर २१ तारिख दिउँसो ३ बजेर ४८ मिनेट जाँदा "थ्यानकोङ कक्षा" को चौथो पाठ चीन अन्तरिक्ष स्टेशनमा भएको छ। "अन्तरिक्ष शिक्षक" चिङ हाइफङ, चु याङचु र क्वी हाइछाउले अधिकांश किशोर-किशोरीहरूलाई एक अद्भुत अन्तरिक्ष विज्ञान कक्षा दिएका छन्। यो नै चिनियाँ अन्तरिक्ष यात्रीहरूले मङथ्यान प्रयोगात्मक मोड्युलमा शिक्षा दिएको पहिलो पटक हो। चिनियाँ अन्तरिक्ष स्टेशनको चौथो अन्तरिक्ष शिक्षण गतिविधि पूर्ण रूपमा सफल भएको छ।

४८ मिनेटको पाठमा, शनचौ १६ नम्बर अन्तरिक्षयानसँग गएका ३ जना अन्तरिक्ष यात्रीहरूले अन्तरिक्ष स्टेशनको मङथ्यान प्रयोगात्मक मोड्युलको काम र जीवन दृश्यहरू स्पष्ट रूपमा देखाएका छन्। साथै उनीहरूले गोलाकार ज्वालाको प्रयोग, अद्भुत "पिंग पोंग बल" प्रयोग लगायतका प्रयोगको पछाडि रहेको वैज्ञानिक सिद्धान्तहरूबारे स्पष्ट रूपमा व्याख्या गरेका छन्। पाठको क्रममा अन्तरिक्षयात्रीहरूले भिडियो कलमार्फत शिक्षक र विद्यार्थीहरूसँग अन्तर्क्रिया गरेका छन्।

पैचिङ, भित्री मंगोलिया अलाशान, पल्लो शानसी प्रान्तीय यानआन, आनह्वी प्रान्तीय तोङछङ र चच्याङ प्रान्तीय निङपो गरी ५ वटा स्थलगत कक्षाहरू स्थापना गरियो जसमा लगभग २,८०० विद्यार्थीहरूले स्थलगत गतिविधिहरूमा भाग लिएका छन्। चाइना मिडिया ग्रुपले सम्पूर्ण पाठको प्रत्यक्ष प्रसारण गरेको छ।