हाङचौ एशियाली खेलकुदमा आकर्षणको अनुभव गर्ने नेपाली प्रतिनिधि मण्डलका सदस्यहरूको अपेक्षा
2023-09-22 10:52:25cri
Share with:

 

हाङचौ एसियाली खेलकुदमा नेपालले २९ वटा प्रतिस्पर्धामा भाग लिँदैछ।

२५३ खेलाडीसहित ठूलो टोली नेपालले पठाएको छ। सेप्टेम्बर १९ तारिख नेपालका लागि चिनियाँ राजदूत छन सोङले हाङचौ एशियाली खेलकुदमा सहभागी नेपाली प्रतिनिधि मण्डलका प्रमुख एवं नेपाल राष्ट्रिय खेलकूद परिषदका सदस्यसचिव टंकलाल घिसिङसँग भेटघाट गर्नुका साथै नेपाली खेलाडीहरूलाई विदाइ गर्नुभयो।

 

सो अवसरमा घिसिङले यसबारे जानकारी दिँदै एसियाली खेलकूद एसियामै ठूलो प्रतियोगिता रहेको र चीनले यति ठूलो प्रतियोगिता आयोजना गरेकोमा खुशी व्यक्त गर्नका लागि नेपालले ठूलो प्रतिनिधिमण्डललाई पठाएको बताउनुभयो।

 

हाङचौ एसिया खेलकूद आफ्नो लागि राम्रो आदानप्रदान र सिक्ने अवसर हुने विश्वास नेपाली बक्सर भूपेन्द्र थापाले व्यक्त गर्नु भएको छ। यसै सम्बन्धमा नेपालका लागि चिनियाँ राजदूत छन सोङले चर्चा गर्दै भन्नुहुन्छ “हाङचौ एसिया खेलकुदबाट चीन र नेपालबीचको मित्रता मात्र नभई चीन, नेपाल र अन्य एशियाली मुलुक र क्षेत्रका जनताबीचको आदानप्रदानलाई बढाउने देख्दा आफूलाई निकै खुशी लागेको छ।”

 

नेपाली प्रतिनिधिमण्डलले एसिया खेलकूदमा आनन्दित समय बिताउने र चीन भ्रमण गर्दै बितेका वर्षहरूमा चीनमा भएको विकास आफ्नै आँखाले हेर्ने समय मिलाउने आशा पनि राजदूत छन् सोङले गर्नुभएको छ। उहाँ भन्नुहुन्छ “यस पटकको एशियाली खेलकुदले हाम्रो मित्र देखाउनुका साथै चीन र नेपाल यी दुबै मुलुक र अरु एशियाली मुलुकहरूबीचको आदान-प्रदान बढाएकोमा हामीलाई खुशी लाग्यो।”

 

राजदूत छन सोङले नेपाली प्रतिनिधि मण्डलले हाङचौ एशियाली खेलकुदको अनुभव गर्नसक्ने, चीनको भ्रमण गर्नसक्ने, हालैका वर्षहरूमा चीनको विकास अवस्था देख्नसक्ने आशा व्यक्त गर्नुभयो।