छैटौं "चिनियाँ किसान फसल महोत्सव" सुरु भएको उपलक्ष्यमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले देशभरि व्यापक किसान र कृषि तथा किसान सम्बन्धित क्षेत्रमा कार्यरतहरूलाई पार्टीको केन्द्रीय समितिको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।
बधाईमा सीले भन्नु भएको छः यस वर्ष चीनको ह्वाङहुई क्षेत्रमा कम भएको वर्षा, उत्तरपूर्वी तथा उत्तरी चीनमा भीषण बाढी आएको र उत्तरपश्चिम चीनमा भएको खडेरी लगायत प्रकोपहरूको प्रभाव पार गर्दै सम्पूर्ण वर्षमा अन्नबाली उत्पादन फेरि फसल भएको अपेक्षा गरिएको छ। जसबाट आर्थिक पुनरुत्थानलाई बढाउँदै नयाँ विकास प्रारूपको निर्माणलाई गतिशील पारेर उच्च गुणस्तरको विकासलाई प्रवर्द्धन पार्नको लागि शक्तिशाली समर्थन दिएको छ।
सीले अगाडी भन्नुभयोः ग्रामीण पुनरुत्थानलाई चौतर्फी रूपमा बढाउँदै कृषि र ग्रामीण आधुनिकीकरणको गतिलाई तीब्र पार्नुपर्छ। किसानहरूको आय बढाउन र धनी हुने बाटोलाई विस्तार गर्न सक्दो प्रयास गर्नुपर्छ। किसानहरूको जीवन झन् झन् राम्रो बनाउँदै बस्न योग्य तथा व्यावहारिक र सुन्दर ग्रामीण क्षेत्रको नयाँ चित्र कोर्न आवश्यक छ!


