नेपाली दूताबासका इकोनोमिक मिनिस्टर पराजुलीको अन्तर्वार्ता
2023-09-22 14:26:26CRI
Share with:

नका लागि नेपाली दूताबासका इकोनोमिक मिनिस्टर छबीन्द्र पराजुलीले सीएमजी नेपाली सेवाको कार्यालयको अवलोकन भ्रमण गर्नु भएको छ। सेप्टेम्बर १ तारिख शुक्रबार बिहान उहाँ दूताबासका तीतृय सचिव गोबिन्द भट्टराई र आफ्ना परिवारका सदस्यका साथमा सीएमजीको कार्यालयमा आउनु भएको हो। सो अवसरमा उहाँले सीएमजी नेपाली सेवालाई अन्तर्वार्ता पनि दिनु भएको छ।

अन्तर्वार्ताका क्रममा पराजुलीले आफू बेइजिङस्थित नेपाली दूताबासमा चार वर्ष कार्यरत रहँदा चीनको विकासलाई नजिकबाट नियाल्ने मौका पाएको बताउनुभयो। गरिबी निवारणमा चीनले प्राप्त गरेको उपलब्धिको तारिफ गर्दै गरिबी निवारणमा चिनियाँ अनुभव नेपालका लागि पनि अनुकरणीय रहेको बताउनुभयो।

चीनले अगाडि सारेको बीआरआईले चालु वर्ष दसौँ वार्षिकोत्सव मनाउँदै गरेको सन्दर्भमा नेपालले बीआरआईबाट उल्लेख्य लाभ लिन सक्ने उहाँले स्पष्ट पार्नुभयो। चीन र नेपालबीचमा साँस्कृतिक तथा आर्थिक सम्बन्ध जनस्तरमा फैलिएको बताउँदै नेपालको पूर्वाधार विकासमा चीनले महत्वपूर्ण सहयोग गरेको उहाँले उल्लेख गर्नुभयो।

निकट भविष्यमा हाङचौमा हुने एसियाली खेलकूद आयोजनाले विश्वशान्ति, सहिष्णुता, भाइचार, सहयोग र साझा जितको भावनालाई फैल्याउने भन्दै नेपालले पनि उक्त खेलकूदमा भाग लिएर राम्रो प्रदर्शनी गर्ने आशा राखेको बताउनुभयो।