सी चिनफिङ र प्रचण्डबीच वार्ता
2023-09-23 18:33:38cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर २३ तारिख दिउँसो हाङचौ शहरमा १९ औँ एशियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिनुका साथै औपचारिक भ्रमणमा आउनु भएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वागत गर्नुभएको छ। उहाँका अनुसार, प्रधानमन्त्री प्रचण्डले चीन र नेपालको मैत्रिपूर्ण सम्बन्ध विकास गर्नुका साथै दुई देशबीच “बेल्ट एण्ड रोड”को निर्माण गर्ने सहयोगलाई सुदृढताका साथ समर्थन गर्नुभएको छ। यस कार्यको उहाँले उच्च प्रशंसा गर्नुभएको छ। यो तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले पहिलोपटक चीनको भ्रमण गर्नु भएको हो। यो भ्रमणले फलदायी उपलब्धि हासिल गरेर दुई देशको मैत्रिपूर्ण सहयोग सम्बन्धमा नयाँ शक्ति थप्ने विश्वास राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।

चीन र नेपाल पहाड र नदीले जोडिएका युगौंयुग मैत्रिपूर्ण छिमेकी मुलुक हुन्। दौत्य सम्बन्ध स्थापना भएको ६८ वर्षमा शान्तिपूर्ण सहअस्तित्वका ५ सिद्धान्तको आधारमा दुई देशले आपसी सम्मान, समर्थन र समान अस्तित्व भएर ठूलो-सानो देशबीच समान सहअस्तित्व तथा साझा विजयीका नमूना बनेका छन्। चीनले चीन तथा नेपालको सम्बन्धमाथि उच्च महत्व दिँदै नेपालसँग विकासको रणनीतिक सम्पर्कलाई सबल पारेर विभिन्न व्यावहारिक सहयोगलाई गहन पार्नुका साथै देशको शासन अनुसन्धानसम्बन्धी अनुभव आदानप्रदानलाई सबल पारी सम्बन्धको नयाँ प्रगति बढाउने इच्छा चीनले राखेको छ।