चिन्ह्वामा सुन्दर पर्यावरणीय सभ्यताको चित्र
2023-09-23 08:00:05CRI
Share with:

चिन्ह्वा शहर, दक्षिण-पूर्वी चीनको चच्याङ प्रान्तमा अवस्थित छ। २ हजार २०० वर्ष भन्दा बढीको इतिहास बोकेको चिन्ह्वालाई समृद्ध परिदृश्य र मानव संसाधनको कारणले चिनिन्छ।

चिन्ह्वाबासीहरूले द्रुत विकासमा परम्परागत संस्कृतिको "आत्मा" पनि कायम राखेका छन्। स्थानीय वू ओपेराको १०० वर्षको इतिहास भएतापनि आधुनिक समयमा अझै पनि जीवन्त पाइन्छ।

बितेका वर्षहरूमा, चिन्ह्वामा विशेषता उद्योगहरूमा आधारित पर्यावरणीय अर्थव्यवस्थालाई जोडदार रूपमा विकास गर्दै आएको क्रममा पर्यटनद्वारा समर्थित गरिँदै आएको छ। यसो गर्दा "पर्यटन जोड कृषि" को नयाँ विकास नमूनाको कार्यान्वयन भइरहेको छ।