नयाँ ढाँचाको औद्योगीकरणलाई बढाउने सीको महत्वपूर्ण निर्देशन
2023-09-23 17:13:36cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले हालै नयाँ प्रकारको औद्योगीकरणलाई बढाउने बारेमा महत्वपूर्ण निर्देशन दिनुभएको छ। निर्देशनमा सीले भन्नु भएको छः नयाँ युग र नयाँ यात्रामा चिनियाँ शैलीको आधुनिकीकरणद्वारा शक्तिशाली देशको निर्माण गर्ने, राष्ट्रिय पुनरूत्थानलाई बढाउने, नयाँ प्रकारको औद्योगीकरणलाई साकार तुल्याउने भन्ने प्रमुख कार्य हो। वैज्ञानिक र प्राविधिक क्रान्ति र औद्योगिक रूपान्तरणको नयाँ चरणमा सक्रिय रूपमा अनुकूलन र नेतृत्व गर्दै नयाँ प्रकारको औद्योगीकरणको सम्पूर्ण प्रक्रियामा उच्च गुणस्तरको विकास जारी गर्नुपर्छ। डिजिटल अर्थव्यवस्था र औद्योगिक सूचनाको विकासलाई व्यवस्थित रूपमा संयोजन गर्दै चिनियाँ शैलीको आधुनिकीकरणको लागि बलियो सामग्री र प्राविधिक आधार बसाल्न आवश्यक छ।