चीन र जाम्बियाले चौतर्फी रणनीतिक सहयोग साझेदारी सम्बन्धको स्तर उकासिरहेको
2023-09-23 18:31:36CRI
Share with:

सेप्टेम्बर १० तारिखदेखि १६ सम्म जाम्बियाका राष्ट्रपति हाकाइन्डे हिचिलेमाले चीनको राजकीय भ्रमण गर्नुभएको थियो। सो अवसरमा चाइना मिडिया ग्रुपसँग अन्तर्वार्ता दिँदै विगत ५ वर्षमा “बेल्ट एण्ड रोड” प्रस्तावले जाम्बियाका लागि दिएको अवसर तथा उपलब्धिबारे जानकारी दिनुभएको छ। 

उहाँले व्यक्त गर्नुभयो- “हामी राजमार्ग र हरित श्रोतको आधारभूत प्रबन्ध निर्माण गरिरहेका छौं। हामी तान्जानिया-जाम्बिया रेलको अपग्रेडबारे छलफल गर्दैछौं। पूरा भएको काफु घाँटी तल्लो जलविद्युत आयोजना ७०० मेघावाट भन्दा बढी पुगेको छ। यो “बेल्ट एण्ड रोड”मा जाम्बियाको भाग हो। यो महान प्रस्ताव हो। दुई पक्षबीच अझै व्यापक सहकार्यको अवसर रहेको विचार र यो प्रस्ताव जारी हुने आशा गर्छु। यो प्रस्तावले कुनै देशमाथि धम्की दिँदैन। कोही मान्छेले यो प्रस्तावमा भाग लिएमा अरू प्रस्तावको विरोध गर्ने विचार गर्छन्। हामी यसरी विचार गर्दैनौँ। पहिला जाम्बियामा सधैँ लोडसेडिङ हुन्थ्यो। हाल जाम्बियाका घरमा निरन्तर विजुलीको आपूर्ति गरिएको छ। यसको कारण जाम्बिया र चीनको द्वीपक्षीय सहयोग हो। हाल हामीले दुई देशको सम्बन्धको स्तर चौतर्फी रणनीतिक साझेदारी सम्बन्धसम्म उकासेर  सहकार्यलाई अझै विस्तार गरेका छौं।”