तीन पुस्तादेखि छातासँगको नाता
2023-09-24 08:00:06CRI
Share with:

पूर्वी चीनमा रहेको चच्याङ प्रान्तीय यीवु शहरलाई विश्वको ‘साना कमोडिटीको राजधानी' भनिन्छ। यहाँबाट विश्वका २३० भन्दा बढी देश र क्षेत्रहरूमा २.१ लाख भन्दा बढी वस्तुहरू बिक्री हुने गर्छ।

चाङ चियिङले यीवुमा छाता व्यवसाय गर्दै आएको २६ वर्ष भएको छ। गत शताब्दीको सत्तरी र असीको दशकमा चाङ चियिङका बुबा चच्याङ प्रान्तीय च्यासिङ शहरका एक किसान थिए। जो सडकमा हिँडेर छाता मर्मत गर्थे। पछिआएर, उनले चीनमा लागू भएको खुलापन नीतिबाट आर्थिक लहरको फाइदा उठाए र व्यापारको अवसर समातेर छाता कारखाना खोले। बिक्री विस्तार गर्नको लागि उनले आफ्नी छोरी चाङ चियिङलाई घरबाट २०० किलोमिटर भन्दा टाढा रहेको यीवुमा पसल खोल्न पठाए। दुई दशकभन्दा बढी समयपछि यीवुमा चाङ चियिङको ५ वटा छाता पसल छन्। सन् २०१६ मा चाङ चियिङकी छोरी विदेशमा अध्ययन गरेर चीन फर्केकी थिइन् र आमासँगै छाता व्यवसाय पनि सञ्चालन गर्न थालिन्।

चीनमा चाङ चियिङजस्ता अनगिन्ती व्यापारीहरू छन्। उनीहरूले एउटा सानो वस्तुको माध्यमबाट धनी बनेर नयाँ जीवन बिताउन थालेका छन्।