एसियाली जनताबाट सुदृढ समर्थन प्राप्त हाङचौ एसियाली खेलकुद
2023-09-24 16:15:45cri
Share with:

सेप्टेम्बर २३ तारिख रातिदेखि १९औ एसियाली खेलकुद चिनियाँ चच्याङ प्रान्ती हाङ चौ शहरमा सुरू भएको छ। एसियाली ओलम्पिक समितिका सबै ४५ सदस्यका करिब १२ हजार खेलाडीहरू यस प्रतियोगितामा सहभागी छन्। खेलकुदका प्रतियोगिताले पूरै एसिया आवरण गरेर एसियालीको परम्परगत खेलकुद तथा सँस्कृतिको व्यापक प्रचार गरिएको छ। “पैमाना सबैभन्दा ठूलो, प्रतियोगिता सबैभन्दा बढी, आवरण सबैभन्दा व्यापक” तीनवटा “सबैभन्दा”ले हाङचौ एसियाली खेलकुदप्रति एसियाली जनताको हार्दिक प्रतिक्षा र सुदृढ समर्थन देखाएको छ।

एसियामा सबैभन्दा उच्च स्तरीय खेलकुद भएको एसियाली खेलकुदले शान्ति, एकता तथा सहिष्णुताप्रति एसियाली जनताको तृष्णा वहन गरेको छ। खेलकुदबाट शान्ति, एकता र सहिष्णुता घच्घच्याउने, यो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उद्घाटन समारोहको स्वागत सम्बोधन गर्दै व्यक्त गर्नुभएको प्रतीक्षा हो।

वर्तमान केही मुलुकले शित युद्धको विचारका आधारमा एसियामा भिडन्त चर्कंदै क्षेत्रीय शान्ति तथा स्थिरतालाई भङ्ग गर्ने अवस्थामा एसियाली जनताले खेलकुदमार्फत् शान्तिको आह्वान व्यक्त गर्न खोजेका छन्। हाङ्चौं एसियाली खेलकुदले यो नम्र आशा वहन गरेको छ।

एसिया ठूलो परिवार हो। एकता एसियाली खेलकुदको प्राम्भिक उदेश्यहरूमध्येको एक हो। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्नुभयो, एसियाली खेलकुदको उदेश्य एसियालीबीचको मित्र,एकता तथा समृद्ध बढाउनु हो। अन्तर्राष्ट्रिय ओलम्पिक समितिका सदस्य पामाले हाङचौ एसियाली खेलकुदले खेलकुदको लिङ्कमार्फत् बुझाइ र आदानप्रदान गहन पार्ने कुरा व्यक्त गर्नुभयो।

एसियाली जनताको सुदृढ समर्थनमा हाङचौ एसियाली खेलकुदले   ओलम्पिक खेलकुदको विकास र एसियाली जनताको एशता तथा मित्रको प्रवर्द्धनका लागि नयाँ योगदान दिनेछ।