चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ १९ औँ एसियाली खेलकुद उद्घाटन समारोहमा
2023-09-24 16:37:51cri
Share with:

१९औँ एसियाली खेलकुद सेप्टेम्बर २३ तारिख बेलुकी च च्याङ प्रान्तीय हाङचौ शहरमा सुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उदघाटन समारोहमा भाग लिनुका साथै यस पटकको एसियाली खेलकुद सुरू भएको घोषणा गर्नुभयो।

उक्त समारोहमा सहभागी विशिष्ट अतिथिहरूमा कम्बोडियाका राजा नोरोदोम सिहामोनी, सिरियाली राष्ट्रपति बसर अल असद, कुवेतका युवराज मिशल अहमद अल जबाएर अल-सबाह, नेपालका प्रधानमन्त्री पुष्पकलम प्रचण्ड, पूर्वी टिमोरका प्रधानमन्त्री सानाना गुसमाउ, दक्षिण कोरियाका प्रधानमन्त्री हान डक सु, मलेसियन तल्लो सदनका सभामुख जोहरी बिन अब्दुल, ओलम्पिक काउन्सिल अफ एसियाका कार्यवाहक अध्यक्ष राजा रणधीर सिंह, अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाह, ब्रुनाई सुल्तानका प्रतिनिधि राजकुमार सोफी, जोर्डनका राजकुमार फैजल, थाइल्याण्डकी राजकुमारी सिरिवन्नावरी महिदोल लगायत राजपरिवारका अन्य प्रतिनिधि रहनुभएको छ।