इन्डोनेसियाकी विद्यार्थी बाई च्याच्याको चीन बसाइको कथा-१
2023-09-25 14:37:15cri
Share with:

इन्डोनेसियाकी विद्यार्थी मेय लिसा चीनको स्या मन शहरमा अवस्थित हवा छ्याउ विश्वविद्यालयमा ६ वर्षदेखि अध्ययन गर्दैआएकी छिन्। उनको चिनियाँ नाम बाई च्याच्या हो। विगत ६ वर्षदेखि उनले छोटो भिडियोमार्फत आफ्नो चीन बसाइको कथा रिकर्ड गर्नुका साथै चिनियाँ संस्कृति विदेशीहरुलाई बाँड्दै पनि आएकी छिन्।

 

स्या मन हवा छ्याउ विश्वविद्यालयमा चिनियाँ भाषा सम्बन्धी अन्तर्राष्ट्रिय शिक्षा स्नातकोत्तर डिग्रीमा अध्ययनरत् बाई च्याच्या इन्डोनेसियाबाट ६ वर्षअघि चीन आएकी थिइन्। अहिले उनी राम्रो चिनियाँ भाषा बोल्नुका साथै चीनको थाङ वंशका कवि ली बाईको कविता “शान्त रातमा मेरो सोच” पनि राम्रोसँग वाचन गर्न सक्छिन्। शुरुमा चीन आउँदाको अनुभवको सम्झना गर्दै बाई च्याच्याले चिनियाँ साथीहरुले बोलेको भाषा पूर्ण रुपमा नबुझेकी भन्छिन्,

 

चीन आउनुअघि चिनियाँ भाषा सुन्दा मैले केही बुझेकी थिएँ। तर चीन आएपछि चिनियाँ साथीहरुसँग कुराकानी गर्दा मेरो कानमा सुनेको चिनियाँ भाषा आफ्नो दिमागमा “ब्लाब्लाब्ला” जस्तै आवाज थियो र त्यो बुझ्न निकै गाह्रो लाग्थ्यो। त्यसपछि मैले चिनियाँ भाषा राम्रोसँग जान्नुपर्ने निर्णय गरेँ। मैले चिनियाँहरु जस्तै राम्रोसँग बोल्न सक्ने अठोट गरेँ। अनि अध्ययनको पहिलो वर्षमा मैले हाम्रो विश्वविद्यालयका विभिन्न कार्यक्रमहरुमा सक्रियताका साथ भाग लिएर चिनियाँहरुसँग सक्दो कुराकानी गरेँ। केही चिनियाँ शब्द बोल्न नसक्ने बेलामा मैले अंग्रेजी भाषाबाट मेरो विचार व्यक्त गरेकी थिएँ। अनि मेरा शिक्षक तथा सहपाठीहरुले मैले अभिव्यक्त गर्न खोजेको शब्द र वाक्य मलाई सिकाउनुभयो।

 

चिनियाँ पर्वमा भएका मीठा खानाहरु प्रारम्भमा चीनप्रति बाई च्याच्याको बुझाइ थियो। मीठो तथा गुलियो चिनियाँ रोटीले उनको बाल्यकाललाई रमाइलो बनाएको थियो।

धेरै इन्डोनेसियालीहरुमा चिनियाँ नव वर्ष मनाउने चलन छ। यस उपलक्ष्यमा उनीहरुले घरको ढोकामा वसन्त चाडको पोस्टर टाँस्ने गर्दछन्। सानो उमेरमा नै मैले चीनप्रति चासो राखेकी थिएँ। सो पोस्टरमा के लेखिएको छ भन्नेबारे मैले जानकारी लिन खोजेकी थिएँ। गत वर्ष मैले चीनको लालटिन पर्व सम्बन्धी कार्यक्रममा भाग लिएँ, धेरै रमाइलो भयो। यसबाहेक मैले चीनको प्राचिन कालको कविता पनि पढेकी छु। अहिले मैले वसन्त चाडको पोस्टरमा लेखिएको अभिवादनको विषय पनि बुझेकी छु। मलाई धेरै खुसी लाग्छ।