राष्ट्राध्यक्ष सी चिन फिङद्वारा च च्याङ र शानतोङको निरीक्षण
2023-09-26 11:14:14cri
Share with:

सुनौलो शरद ऋतुमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ हाङचौमा १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुका साथै च च्याङ प्रान्तको भ्रमण गर्नुभएको छ। त्यहाँ वैदेशिक मामिलासम्बन्धी गतिविधिहरूको शृङ्खला राख्नुभयो र यस वर्षको आफ्नो दशौँ घरेलु निरीक्षण सुरु गर्नुभयो। उहाँले पैचिङ फर्कने क्रममा शान तोङ प्रान्तको चाउच्वाङको पनि निरीक्षण गर्नुभयो।

 

२० तारिख बिहान सी चिनफिङ निरीक्षण र अनुसन्धानकालागि यी उ शहरको लि चु गाँउ जानुभएको थियो। पछि सी चिनफिङ यिउ इन्टरनेशनल ट्रेड सिटी पुग्नुभयो र त्यहाँ व्यापारी र साना व्यवसायीका प्रतिनिधिहरूसँग सौहार्दपूर्ण आदानप्रदान गर्नुभयो। २० तारिख अपरान्ह सी चिनफिङ चुची शहरको फेङछ्याव टाउनमा जानुभयो। पछि, सी चिनफिङ शाउ सिङको च तोङ नहर सांस्कृतिक पार्कमा जानुभई प्राचीन नहर र वरपरका ऐतिहासिक र सांस्कृतिक अवशेषहरूको निरीक्षण गर्नुभयो।

 

२३ तारिख अपरान्ह सी चिन फिङ र उहाँकी पत्नी फङ लियुआनले हाङचौमा १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन चीन आउनुभएका अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिहरूलाई स्वागतार्थ हाङचौको सिज होटेलमा एक भोजको आयोजना गर्नुभयो। भोजअघि र पछि सी चिनफिङले १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन चीन आउनुभएका कम्बोडियाका राजा नोरोदोम सिहामोनी, नेपालका प्रधानमन्त्री प्रचण्ड, तिमोर–लेस्टेका प्रधानमन्त्री शानाना र दक्षिण कोरियाका प्रधानमन्त्री हान देओक–सुसँग भेटवार्ता गर्नुभएको थियो ।

 

२३ तारिख बेलुकी सी चिनफिङले १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा भाग लिएर एसियाली खेलकुदको उद्घाटनको घोषणा गर्नुभएको थियो।

 

२४ तारिख अपरान्ह पैचिङ फर्कने क्रममा सी चिनफिङले शानतोङ प्रान्तको चाउच्वाङ सहरको भ्रमण गर्नुभयो। यिचेङ जिल्लाको अनार रोपणमा सी चिनफिङले अनार रूखको प्रजातिको निरीक्षण गर्दै यस वर्षको अनारको रोपण तथा आम्दानीबारे जानकारी लिनुभएको थियो।