नौ वर्ष बितिसक्यो तापनि उहाँले मलाई सम्झनुभएको छ
2023-09-26 11:16:57CRI
Share with:

रुस्लान टुलेनोभ कजाकिस्तानका एक युवा हुन्। सन् २०१३ को सेप्टेम्बरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले कजाकिस्तानको भ्रमण गर्दा उहाँले एक सम्बोधनमा हाइनानमा अध्ययन गरिरहेका रुस्लान टुलेनोभले दुर्लभ रगत दान गरेको कथा उल्लेख गर्नुभएको थियो। साथै रुस्लान टुलेनोभलाई "चीन र कजाकिस्तान बीचको मित्रताको सन्देशवाहक" भनेर प्रशंसा पनि गर्नुभएको थियो।

 

नौ वर्षपछि हाइनानमा बसोबास गर्दैआएका रुस्लानले हाइनान याङ्पु बन्दरगाहमा राष्ट्राध्यक्ष सी चिनफिङलाई भेट्ने अवसर पाएका छन्। सो क्रममा राष्ट्राध्यक्षले रुस्लानलाई यसरी भन्नुभएको थियो, "मलाई लाग्छ तपाईँ परिचित हुनुहुन्छ।"

 

१६ वर्षको उमेरमा चीन आएका रुस्लान अहिले हाइनान इन्टरनेशनल इकोनोमिक डेभलपमेन्ट ब्यूरोमा काम गर्छन्। उनले भने: "विगत दश वर्षमा चीन धेरै परिवर्तन भएको छ। राष्ट्राध्यक्ष सीसँग धेरै आधुनिक विचारहरू छन् र उहाँ धेरै बुद्धिमान नेता हुनुहुन्छ।"