राष्ट्राध्यक्ष सीद्वारा च च्याङ प्रान्तले चिनियाँ शैलीको आधुनिकीकरणको निर्माणको नेतृत्व गर्न दिशानिर्देश
2023-09-27 17:03:54CRI
Share with:

हालै चीनका सर्वोच्च नेता सी चिन फिङ दक्षिण-पूर्वी चीनमा रहेको समुद्री तटवर्ती क्षेत्र च च्याङ प्रान्तको निरीक्षण गर्दै हुनुहुन्थ्यो। सानो गाउँदेखि अन्तर्राष्ट्रिय व्यापार शहरसम्म र अनुभवको प्रदर्शन हलदेखि अवशेषको सांस्कृतिक बगैँचासम्म राष्ट्राध्यक्ष सीले दुई शहर तथा चार निरीक्षण स्थलको यात्रा गर्नुभयो।

उहाँले च च्याङलाई चिनियाँ शैलीको आधुनिकीकरणको अग्रजमा परिभाषित गर्दै आधुनिकीकरणको निर्माणलाई कसरी तीव्र पार्ने भन्ने विषयमा दिशानिर्देश गर्नुभयो।

 अर्थतन्त्रबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले च च्याङ प्रान्तले वास्तविक अर्थतन्त्रलाई आधुनिक उद्योगको प्रणालीको मूल बनाएर विज्ञान तथा प्रविधिको उच्च क्षेत्रमा तीव्र गतिले प्रगति हासिल गर्नुपर्ने बताउनुभयो।

 आधुनिक कृषिबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले साझा समृद्धिमा अघि बढ्ने क्रममा च च्याङ प्रान्त अग्रणी नमूना बन्नुपर्ने कुरामा जोड दिनुभयो।

आधुनिक सभ्यताको बारेमा राष्ट्राध्यक्ष सीले च च्याङ प्रान्तले सांस्कृतिक सम्पदाको संरक्षणलाई सबल पार्नुपर्ने कुरामा जोड दिनुभयो।