विद्युतबाट युरिया मल उत्पादन सम्भाव्यता अध्ययनको जिम्मेवारी मलेसियन कम्पनीलाई
2023-09-28 17:39:41cri
Share with:

नेपालमा युरिया मल कारखाना खोल्नेसम्बन्धी सम्भाव्यता अध्ययन गर्न लगानी बोर्ड र मलेसियन कम्पनी बीच सम्झौता भएको छ।

 

तनहुँको आँबुखैरेनीमा स्थापना गर्न प्रस्ताव गरिएको विद्युतीय ऊर्जाबाट चल्ने यस्तो कारखानाको विस्तृत सम्भाव्यता अध्ययनका लागि मलेसियाको रिन्कोलास्डन बीएचडी कम्पनीसँग समझदारी भएको बोर्डले जनाएको छ। विद्युतीय ऊर्जायुक्त प्रविधि इलेक्ट्रोलाइसेस विधिबाट युरिया मल उत्पादन गर्न सकिनेबारे विस्तृत अध्ययन गरिने बोर्डले जनाएको छ।

 

बुधबार एक कार्यक्रमका बीच बोर्डका कार्यकारी निर्देशक सुशील भट्ट र रिन्कोलास्डन बीएचडीका म्यानेजिङ डाइरेक्टर बोउम्हीदी अब्डेलालीले सझदारी पत्रमा हस्ताक्षर गरेको अनलाइनखबरले जनाएको छ। समझदारीअनुसार कम्पनीले २ वर्ष भित्र परियोजनाको विस्तृत सम्भाव्यता प्रतिवेदन बोर्डलाई बुझाउनु पर्नेछ।

 

वार्षिक करिब ९५ हजार ६ सय मेट्रिकटन ग्रीन एमोनिय र २ लाख ८६ हजार ९७५ मेट्रिकटन यरिया उत्पादन गर्ने क्षामताको रहने उद्योगमा ३४ अर्ब ६५ करोढ बढी नोपली रुपैयाँ लगानीको प्रस्ताव छ ।

 

मलेसियको कम्पनीले २०७९ पुसमा सम्भाव्यता अध्ययनका लागि प्रस्ताव पेश गरेको थियो। लगानी बोर्डको ३० चैत २०७९ को बैठकले अनुमति पत्र प्रदान गर्ने निर्णय गरेको थियो भने अध्ययनको मस्यौदा गत ८ भदौमा स्वीकृत गरेको थियो।