स्मार्ट एशियाली खेलकुद नै चिनियाँ शैलीको आधुनिकीकरणको सर्वेक्षण गरिने एउटा झ्याल
2023-09-28 20:09:44cri
Share with:

“स्मार्ट भन्ने शब्द नै जनताले १९ औँ एशियाली खेलकुदको बारेमा गरेको साझा मूल्याङ्कन रहेको छ।” भारतीय पत्रकार सानीले हाल “इन्डिया टाइम्स” वेभसाइटमा प्रकाशित एउटा लेखमा यसरी लेख्नुभएको छ। उद्घाटन समारोहमा देखिने डिजिटल ज्योति बोक्ने व्यक्ति, चालक रहित एआर स्मार्ट बस, डिजिटल तरिकामार्फत प्रतिस्पर्धाको अवलोकन गर्ने सेवागत चौतारो, विविध सेवा प्रदान गर्नसकिने रोबर्ट पङ्क्ति आदि आदि। फाइभ जी, मालसामानको इन्टरनेट, बिशाल डाटा, क्षेत्रीय लाइन र मानव स्मार्ट लगायतका प्रविधिको समर्थनको आधारमा हाङचौ १९ औँ एशियाली खेलकुद मैदानभित्र र बाहिर थुप्रै उच्च विज्ञान प्रविधि तत्वहरू जताततै देख्न पाइन्छ। अन्तर्राष्ट्रिय समाजले त्यसको सकारात्मक मूल्याङ्कन पनि गरेको छ। 

 

हाल विश्वमा अस्थिर र अनिश्चित विशेषता अझ स्पष्टसँग देखिएको छ। साथै मानव जाति सामु देखा परेको विश्वव्यापी चुनौती पनि झन् गम्भिर देखिन्छ। ती चुनौतीहरूको सामना गर्दा विकास शक्ति हुनुपर्छ। हाङचौ एशियाली खेलकुदको सिर्जनशील, हरित र सांस्कृतिक विशेषता भएकाले चिनियाँ शैलीको आधुनिकीकरणको उपलब्धिलाई देखाउनु बाहेक चीनका लागि नयाँ विकास विचारधारालाई व्यवहारमा उतार्ने र उच्च गुणस्तरीय विकासलाई अघि बढाउने नयाँ जिवन्त शक्ति बन्नेछ।