#नेपालीका आँखामा एसियाली खेलकुद# नेपालका परराष्ट्रमन्त्री एनपी साउदको हाङचौ एशियाली खेलकुद समारोहको अनुभव
2023-09-28 21:03:06CRI
Share with:

हाल नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा हुनुहुन्छ। हाङचौ एशियाली खेलकुदको उद्घाटन समारोहको अवलोकन तथा दुई पक्षीय उच्चस्तरीय वार्तापछि प्रधानमन्त्री पुष्पकमल दाहालसहितका टोली आईतबार बेइजिङ आइपुगेको हो।

यसै अवसरमा बेइजिङस्थित नेपाली दूतावासले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्मानमा एक स्वागत कार्यक्रमको आयोजना गरेको थियो। साथै सो टोलीमा नेपालका परराष्ट्रमन्त्री एनपी साउद पनि सम्मिलित हुनुहुन्छ। सोही क्रममा नेपालका परराष्ट्रमन्त्री एनपी साउदले सीआरआई नेपाली सेवालाई आफ्नो हाङचौ एशियाली खेलकुद अनुभव सुनाउनुभएको छ।

उहाँले हाङचौ एशियाली खेलकुदको उद्घाटन समारोह डिजिटल फ्यासिलिटीलाई प्रयोग गरेर निकै भव्यरूपमा आयोजना गरिएको भन्नुहुँदै सो खेलकुद पूर्ण रूपमा सफल हुने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘हाङचौ खेलकुद समारोहमा अत्यन्त भव्यरूपमा शुरू भएको छ। प्रधानमन्त्रीसहित हाम्रो टोलीले उक्त खेलको उद्घाटन समारोहमा भाग लिएको छ। यसबाहेक, नेपालको ठूलो टोलीले भाग लिएको छ।’

हाङचौ एशियाली खेलकुदको सफलताको कामना गर्दै परराष्ट्रमन्त्री साउदले भन्नुभयो, ‘डिजिटल फ्यासिलिटीलाई समेत प्रयोग गरेर भव्य रूपमा सम्पन्न भएको छ। मलाई विश्वास छ यो खेलकुद पूर्ण रूपमा सफल हुने छ।’

यसै गरी, परराष्ट्रमन्त्री साउदले हाङचौ शहर सुन्दर तालहरूको शहर भएको पनि बताउनुभयो। हाङचौ शहर निकै सुन्दर छ, तालहरूको शहर हो र वातावरणीय दृष्टिकोणले पनि शहरलाई मर्यादित बनाउन चीन सरकारले कोशिश गरेको मैल पाएको छु, उहाँले भन्नुभयो।