दुई सयजना भन्दा बढी साहसिक पर्यटक शैलुङ ‘एड्भेन्चर’का लागि प्रस्थान
2023-09-30 16:35:33cri
Share with:

दोलखा र रामेछापको सिमानाको पर्टकीय क्षेत्र शैलुङको पर्यटन प्रवर्धन गर्न आयोजित  स्पार्क एड्भेञ्चर २०२३ अन्तर्गत दुई सयजना बढी सहभागी शैलुङ पुगेका छन् ।

बिहीबार धुलिखेलबाट यात्रा सुरु गरेको शुक्रबार टोली शैलुङ पुगेको हो । सय थुम्काहरूको संगम शैलुङ धार्मिक पर्टकीय क्षेत्र समेत हो। यस्तै शैलुङ सबैभन्दा फराकिलो हिमशृङ्खला देखिने स्थान पनि हो।

 

शैलुङको पर्यटन प्रवर्धनका साथै त्यहाँको प्रकृति र विशेषतालाई उजागर गर्न यसपटक शैलुङलाई छानेको आयोजक स्पार्क ग्रुपका महाप्रबन्धक पदम पराजुलीले बताउनुभयो।

 

प्रचुर पर्यटकीय सम्भावना रहेर पनि चल्तीको गन्तव्य नभएकाले उक्त स्थानको प्रचार प्रसारको लागि कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो। शैलुङ पुगेको टोलीलाई संस्कृतिअनुसार स्वागत गरिएको थियो।

 

चौंरी गोठ र त्यहाँको गोठाले जनजीवन समेत अवलोकन गरिने भएकाले कार्यक्रमको वाइल्ड स्टे विथ चौंरी राखिएको छ । कार्यक्रममा प्रसिद्ध कलाकार, लेखक तथा गायकको सहभागीता रहेको संयोजक अमर दीप भट्टराईले जानकारी दिनुभयो। त्यस्तै प्रशासनिक एवम् सुरक्षा निकायका अधिकारी समेत सहभागी रहेको उहाँले जानकारी दिनुभयो।

 

गत वर्ष लमजुङको भुजुङमा भिरमौरीको सिकार अवलोकन गरेर सुरू भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ र त्यहाँको चौँरी गोठलाई केन्द्रित गर्दै आयोजना गर्न लागिएको गोरखापत्र अनलाइनले जनाएको छ।