चाइना मिडिया ग्रुपको मध्य शरद पर्वको सांगितिक गालाको विश्वका दर्शकहरुद्वारा प्रशंसा
2023-09-30 17:02:29cri
Share with:

चाइना मिडिया ग्रुपको मध्य शरद पर्वको सांगितिक गाला सेप्टेम्बर २९ तारिख बेलुका आयोजना भएको छ, त्यसले विश्वका सम्पूर्ण चिनियाँहरुको साथमा मध्य शरद पर्व मनायो।

 

सेप्टेम्बर २९ तारिख राति १० बजेसम्म चाइना मिडिया ग्रुपका धेरै च्यानलले सांगितिक गालाको प्रत्यक्ष प्रसारण गरेको थियो, दर्शकहरुको कूल संख्या १३ करोड पुगेको थियो। चाइना मिडिया ग्रुपका नयाँ मिडियामा प्रत्यक्ष प्रसारण हेर्नेहरुको संख्या १२ करोड २० लाख पुगेको थियो। परिवार तथा मातृभूमिप्रति गहिरो मायालु भावना र शान्दार एवम रोमान्टिक शैलीबाट सांगितिक गालाले विश्वका दर्शकहरुको प्रशंसा प्राप्त गरेको छ।