सीएमजीद्वारा “हृदयदेखि हृदयसम्म” शीर्षकको एमभी सार्वजनिक
2023-09-30 19:35:12CRI
Share with:

चङ भन्ने वाद्यवादन चीनको परम्परागत वाद्यवादन हो। प्राचीन हान र थाङ वंशकालमा सिल्क रोडमार्फत त्यो वाद्यवादन धेरै मुलुकमा प्रचलित भएको थियो। यो नै लामो समयपछि विभिन्न मुलुकको आआफ्नो जातीय विशेषता सहित एक किसिमको वाद्यवादन बनेको छ।

 

हाङ चौ एशियाली खेलकुदको अवधिमा चाइना मिडिया ग्रुपले चङदवारा बजाइएको एशियाली खेलकुद मुख्य विषयक रहेको संगीत अर्थात् “हृदयदेखि हृदयसम्म” शीर्षकको एमभीलाई सार्वजनिक गरेको छ। त्यस संगीतमा पहिलो पल्ट चीन, जापान, गणतन्त्र कोरिया, मङगोलिया र भियतनामका कलाकारहरूले आआफ्नो देशको चङलाई जम्मा पारी सँगै मिलेर सुमधुर संगीतमार्फत एशियाली खेलकुदको मेलमिलापयुक्त बाजा बजाएका छन्।

 

यस संगीतले खेलकुद मैदानमा सहभागी खेलाडीहरूलाई हौसला दिनुका साथै मित्रता र शान्ति खोज्ने एशियाका विभिन्न मुलुकका जनताहरूको साझा मन्तव्य पनि अभिव्यक्त गरेको छ।