विदेशका लागि चीनका दूतावासहरूद्वारा राष्ट्रिय दिवस समारोहको आयोजना
2023-10-01 16:38:35cri
Share with:

 

हाल विविध देशका लागि चिनियाँ दूतावासहरूले राष्ट्रिय दिवस  समारोहको आयोजना गर्दै रमाइलोसाथ जन गणतन्त्र चीन स्थापनाको ७४ औँ वार्षिकोत्सव मनाएका छन्।

 

जर्मनीस्थित चिनियाँ दूतावासले राष्ट्रिय दिवस  समारोहको आयोजना गरेको छ। जर्मनीका पूर्व राष्ट्रपति र विभिन्न क्षेत्रका लगभग ४ सय अतिथिहरूको सहभागिता रहेको छ। जर्मनीका लागि चिनियाँ दूतावास र चाइना मिडिया ग्रुप अन्तर्गत युरोप मुख्यालयले संयुक्त रूपमा सिर्जना गरेको “सँगै मिलेर बेल्ट एण्ड रोडको दशौँ वार्षिकोत्सव: आपसी सम्पर्क र आदानप्रदान, भाग्यको एकरूपता” भन्ने शीर्षकमा रहेको माइक्रो भिडियोको पहिलो प्रसारण पनि त्यसै समारोहमा गरिएको थियो।

 

न्यूयोर्कका लागि चिनियाँ महावाणिज्य दूतावासले हाल भव्यताका साथ राष्ट्रिय दिवस समारोहको आयोजना गरेको छ। चीन र अमेरिका दुवै देशका विभिन्न क्षेत्रमा लगभग ४ सय व्यक्तिहरू सो समारोहमा सम्मिलित भएका छन्।

 

यसका अतिरिक्त श्रीलङ्का र नाइजेरिया आदि देशका लागि चिनियाँ दूतावासले पनि राष्ट्रिय दिवस समारोहको आयोजना गर्दै रमाइलोका साथ जन गणतन्त्र चीन स्थापनाको ७४ औँ वार्षिकोत्सव मनाएका छन्।