बितेका १० वर्षयता शाङहाई स्वतन्त्र व्यापारिक परीक्षणात्मक क्षेत्रको ठूलो परिवर्तन
2023-10-01 16:45:03cri
Share with:

बितेका १० वर्षयता शाङहाई स्वतन्त्र व्यापारिक परीक्षणात्मक क्षेत्रको क्षेत्रफल निरन्तर रूपमा विस्तार हुनुका साथै क्षमता पनि उठ्दै गएकाले नयाँ कार्यभार बहन गर्दै आएको छ। हाल शाङहाई स्वतन्त्र व्यापारिक परीक्षणात्मक क्षेत्रले अग्रगामी श्रेष्ठताको सदुपयोग गर्नुका साथै सँगै मिलेर बेल्ट एण्ड रोडको निर्माण कार्यको उच्च गुणस्तरीय विकासलाई अघि बढाउँदै आएको देखिन्छ।

 

व्यवस्थाको सिर्जनशील सुधारमार्फत हाल शाङहाई स्वतन्त्र व्यापारिक परीक्षणात्मक क्षेत्रमा देशभर सबभन्दा सुविधाजनक र उच्च कार्यकुशलता बोकेको सांस्कृतिक सम्पदा कलात्मक वस्तुको सीमा प्रवेश र निस्कने मार्ग रहेको छ। सीमा प्रवेश र निस्कने समय पहिलेको २० दिनबाट अहिलेको ५ दिनसम्म झरेको छ। विभिन्न प्रकारका विशिष्ट कलात्मक वस्तुहरू छोटो समयमै सरलसँग सीमा भित्रिन सकिनेछ।