उच्च गुणस्तरीय विकास भइरहेको चीनद्वारा विश्वका लागि अझ बढी अवसरको सिर्जना
2023-10-01 16:58:35cri
Share with:

चीनको वैदेशिक खुलापनको द्वार झन् झन् फराकिलो हुँदै आएको सिलसिलामा झन् झन् बढी विदेशीहरू चीनमा अध्ययनरत् र कार्यरत् हुँदै आएका छन्। उनीहरूले चीनको सामान्य जीवनमा भाग लिनुका साथै चीनको विकासको पनि साक्षी बनेका छन्।

 

शाङहाई जस्तै समुद्री तटवर्ती शहर मात्र नभई झन् झन् बढी विदेशी पूँजीद्वारा सञ्चालित व्यवसायहरूले चीनको मध्य र पश्चिमी क्षेत्रमा गएर त्यहाँ विकास हुने सुमधुर भविष्यलाई अंगालेका छन्। केही समयअघि निङ स्यामा सम्पन्न छैटौँ चीन-अरबेली मुलुक एक्स्पोको अवधिमा केही अरबेली मुलुकका व्यवसायले चीनको हरित कम कार्बन, डिजिटल अर्थतन्त्र र चिकित्सा एवम् स्वास्थ्य आदि बजारको वाणिज्य अवसरमा नजर पुर्याएका थिए।

 

चीनको उच्च गुणस्तरीय विकासले विदेशी व्यवसायका लागि राम्रो वाणिज्य वातावरण र बजारको सकारात्मक अवसर प्रदान गर्नु बाहेक चीनमा बसोबास गरिरहेका विदेशीहरूले चीनको नयाँ छवि र नयाँ जिवन्त शक्तिको पनि गहन रूपमा अनुभव गर्न सकेका छन्।