दुई चाडपर्व अवधिमा देशभर प्रतिदिन सीमाबाट प्रवेश र निस्कने पर्यटकको संख्या १५ लाख ८० हजार पुग्ने
2023-10-01 16:43:34cri
Share with:

राष्ट्रिय अध्यागमन व्युरोले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कका अनुसार, चालु वर्षको मध्य शरद् पर्व र राष्ट्रिय दिवसको लामो बिदामा आवत-जावत हुने उच्च लहर देखिँदै छ। तीमध्ये देशभर प्रतिदिन सीमाबाट प्रवेश गर्ने र निस्कने पर्यटकको संख्या १५ लाख ८० हजार पुग्ने भएकाले गत वर्षको सोही अवधिको तुलनामा झण्डै ३ गुणाले बृद्धि हुनेछ।

 

यस्तो अवस्थामा सीमाबाट प्रवेश गर्ने र निस्कने पर्यटकलाई सुविधा दिनका लागि भंसार मुख्यालयले अनेकन् कदम अपनाएर विभिन्न स्थानका शाखा भंसारलाई एकीकृत रूपमा निर्देशन दिएको छ।