दुई चार्डपर्व अवधिमा देशभित्र यात्रा गर्ने जनसंख्या ८९ करोड ६० लाख पुग्ने
2023-10-01 16:41:43cri
Share with:

चालु वर्ष मध्य शरद् पर्व र राष्ट्रिय दिवसको लामो बिदामा चीन देशभित्र यात्रा गर्ने जनसंख्या ८९ करोड ६० लाख पुग्ने अनुमान छ। त्यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ८६ प्रतिशतले वृद्धि भएको छ। देशभित्रको पर्यटन आम्दानी ७ खर्ब ८२ अर्ब ५० करोड चिनियाँ युआन पुग्ने र गत वर्षको सोही अवधिको तुलनामा १३८ प्रतिशतले वृद्धि हुनेछ। चीनको संस्कृति तथा पर्यटन मन्त्रालयबाट उक्त खबर प्राप्त गरेको हो।

 

अनुमान अनुसार, दुई चाडपर्वका ८ दिने लामो बिदामा शाङहाई, सुचौ र छङ तु जस्तै प्रसिद्ध पर्यटकीय शहरको पर्यटन बजार एकदमै समृद्ध देखिएकाले होटेल र विमान टिकट बुकिङ मात्रा गत आवको सोही अवधिको दाँजोमा कम्तिमा ५ गुणाले बृद्धि भएको छ।

 

प्रायजसो शहरले आआफ्नो पर्यटन बजारका लागि उत्पादित वस्तुको आपूर्ति मात्रालाई बढाएका छन्। त्यसैगरी शहरको भित्री चाहनालाई तेज पार्नुका साथै स्थानीय उपभोगलाई पनि प्रवर्द्धन गरेका छन्।