सिरियाका राष्ट्रपतिद्वारा सीएमजीलाई विशेष अन्तर्वार्ता
2023-10-01 17:11:45CRI
Share with:

हालै सिरियाका राष्ट्रपति बाशार अल असादले पैचिङमा चाइना मिडिया ग्रुपलाई विशेष अन्तर्वार्ता दिनुभएको छ। त्यस क्रममा उहाँले हाङचौ एशियाली खेलकुदको उद्घाटन समारोह एकदमै मनोरञ्जनात्मक रहेको मूल्याङ्कन गर्नुका साथै महान चीन र देशभक्त चिनियाँ जनताको उच्च सराहना गर्नुभएको छ।

 

अन्तर्वार्ताको क्रममा सिरियाको युद्ध भोगेको १० वर्षभन्दा लामो समय भइसकेको भन्दै राष्ट्रपति बाशारले युद्ध समाप्त हुने र नाकाबन्दी अन्त्य हुने अपेक्षा लिनुभएको छ। साथै उहाँले प्रभुत्ववादलाई पन्छाएर विभिन्न मुलुकहरूले हातमा हात मिलाउँदै आपसी हितयुक्त र साझा जीत हुने नयाँ शैलीको अन्तर्राष्ट्रिय परिपाटीको स्थापना गर्नुपर्ने ठहर पनि गर्नुभएको छ।