विदाको चौथो दिन यातायातमा अझै भीडभाड
2023-10-02 16:49:31cri
Share with:

अक्टोबर २ तारिख चीनको मध्य शरद दिवस र राष्ट्रिय दिवसको लामो विदाको चौथो दिनमा राष्ट्रिय यातायात अवस्था अझै उच्च स्तरमा रहेको देखिएको छ।

रेलवेइ विभागका अनुसार, २ तारिख यात्रु ओसारपसारको संख्या १ करोड ६४ लाख पुग्ने अनुमान छ भने रेल चल्ने संख्या ११ हजार २ सय ७४ पुग्नेछ। ती मध्य ९०६ वटा रेल थपिएका हुन्।

नागरिक उड्ड्यान विभागका अनुसार, अक्टोबर २ तारिख १५ हजार ७ सय ८२ पटक विमान उड्नेछन् भने १९ लाख ८० हजार यात्रुले यात्रा गर्नेछन्। विदाका अघिल्ला ३ दिन ल्याउनिङ प्रान्तीय तानतुङ, क्वाङसी प्रान्तीय हछ, चच्याङ प्रान्तीय चौशान, च्याङसी प्रान्तीय चिङदचन समेत गन्तव्यको फ्लाइट टिकटको बुकिङ मात्रा सन् २०१९ कोभन्दा ३० प्रतिशत बढी पुगेको छ।

यसका साथै राजमार्गमा गाडी आउने-जाने मात्रा ५ करोड ९१ लाख १० हजार ७ सय पुगेको छ भने गत महिनाको सोही अवधिको तुलनामा ०.९१ प्रतिशत बढेको छ। २ तारिख जलमार्गमा यात्रु ओसार्ने मात्रा १५ लाख पुग्ने अनुमान छ भने सन् २०२२ को सोही अवधिको तुलनामा ११४.२३ प्रतिशतले बढेको छ।