विभिन्न मुलुकमा चिनियाँ राष्ट्रिय दिवस मनाइयो
2023-10-02 19:15:11cri
Share with:

हाल विभिन्न मुलुकका लागि चिनियाँ दूताबासले समारोहको आयोजना गरी जन गणतन्त्र चीन स्थापना भएको ७४ औँ वार्षिकोत्सव मनाएका छन्।

होन्डुरसका लागि चिनियाँ राजदूताबासले हालै राष्ट्रिय दिवस समारोहको आयोजना गरेको छ। सो अवसरमा राजदूत यु पोले होन्डुरसका पहिलो चिनियाँ राजदूतको रूपमा रहेको आफूले दुई देशका नेताबीचको महत्वपूर्ण सहमतिको कडा पालना गरी वेल्ट एन्ड रोडको संयुक्त रचना गर्न अगाडि बढाएर मानव भाग्य समुदायको रचना गर्ने विचार व्यक्त गर्नुभयो।

होन्डुरसका विदेशमन्त्री रेनाले आफूले होन्डुरसका जनता र राष्ट्रपति इरिस क्षियोमारा कास्ट्रो सार्मिएन्टोको तर्फबाट चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र दाजु-भाइ जस्ता चिनियाँ जनतालाई विशेष अभिवादन व्यक्त गर्नुका साथै जन गणतन्त्र चीन स्थापना भएको ७४ औँ वार्षिकोत्सवलाई शुभकामना ज्ञापन गर्न चाहेको भन्दै दुई देशबीचको सम्बन्धलाई अझ गहन पारी दुई देशका जनतालाई अरू फाइदा पुर्याउने अपेक्षा लिएको बताउनुभयो।

यसबाहेक साइप्रस, सिङ्गापुर, उरूग्वे, दक्षिण कोरिया, कोस्टारिका समेत मुलुकका लागि चिनियाँ दूताबासले पनि राष्ट्रिय दिवसका अवसरमा समारोह आयोजना गरेका छन्।