विदाको अवधि परियोजनामा व्यस्त
2023-10-02 17:00:00cri
Share with:

हाल चीन मध्य शरद चाड र राष्ट्रिय दिवसको लामो विदामा रहेको छ। धेरैजसो मानिसले विदा मनाइरहेका छन्। तर केही मानिस अझै काममा व्यस्त छन्।

शानतुङ प्रान्तीय चिनान शहरको अन्तर्राष्ट्रिय प्रदर्शन केन्द्र परियोजना निर्माणधिन छ र विदा अवधिमा पनि व्यस्त छ। १६ लाख ९० हजार वर्ग मिटरको परियोजनाको ३ चरणका कार्यक्रम छन्। तीमध्ये पहिलो चरणको निर्माण कार्य पूरा भएको छ भने हाल आन्तरिक सजावट गरिँदैछ र यस वर्षको अन्तसम्म पूरा हुने अनुमान छ। कार्यक्रम पूरा भएपछि स्थानीय प्रदर्शन आर्थिक अवस्थालाई धेरै प्रोत्साहन दिनेछ।

चच्याङ प्रान्तीय चौशानको चिनथाङ टापु र छच टापु जोड्ने पुल निङपो शहरदेखि चौशान शहरसम्मको प्रमुख कार्यक्रम हो। १४८८ मिटरको उक्त पुलको मध्य भाग रेलमार्ग र दुवै पट्टि राजमार्ग उपलब्ध छ। सन २०२८ मा पूरा हुने अनुमान गरिएको उक्त पुलले चौशान टापु र भूमिबीचको यातायात अरू सुविधा दिनेछ। बिदाको समयमा पनि यसको निर्माण कार्य जारी रहेको छ।


च्याङसी प्रान्तको चाङजी हाइस्पीड मार्ग च्याङसी प्रान्त र क्वाङतुङ प्रान्तबीचको महत्वपूर्ण भाग हो जुन च्याङसी प्रान्तीय यीछुन, सिनयु, चिआनलगायत ५ वटा जिल्ला र क्षेत्र पुग्छ। सन २०२५ पूरा भएपछि स्थानीय यातायातलाई धेरै सुविधा प्रदान गरिनेछ। यो परियोजनामा यतिबेला कामदारहरु व्यस्त रहेका छन्।