विदाका अघिल्ला ३ दिनमा अफलाइन व्यावसायिक प्रदर्शनबाट ४ करोड युआन राजस्व सङ्कलन
2023-10-02 16:50:29cri
Share with:

पैचिङ सँस्कृति र पर्यटन ब्युरोबाट प्राप्त समाचारअनुसार, सेप्टेम्बर २९ तारिखदेखि अक्टोबर १ तारिखसम्म पैचिङले ७५० किसिमका ९५९ वटा सर्वसाधारण साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। जसमा संलग्न भएका सर्वसाधारणको संख्या ७ लाख ९७ हजार ८ सय पुगेको छ। कार्यक्रमको संख्या गत वर्षको सोही अवधिको तुलनामा १ प्रतिशतले बढेको छ भने सन् २०१९ को भन्दा १० प्रतशितले बढेको छ।

 

थाहा भएअनुसार, विदाका अघिल्ला ३ दिन पैचिङभरका १४८ वटा थिएटरका अफलाइन व्यावसायिक प्रदर्शनको संख्या ८२८ पुगेको छ। दर्शकको संख्या २ लाख २७ हजार पुगेको छ र बक्स अफिस राजस्व ४ करोड चिनियाँ युआनभन्दा बढी पुगेको छ। प्रदर्शन मात्रा, दर्शक मात्रा र बक्स अफिसको हिसाबले सन् २०१९ को तुलनामा क्रमशः २६९ प्रतिशत, १६८.३ प्रतिशत र २८५.४ प्रतिशतले बढेको छ भने २०२२को तुलनामा ४४.१ प्रतिशत, ९६.१ प्रतिशत र ११६.६ प्रतिशतले बढेको छ। सबै खालका प्रदर्शनमध्ये स्ट्यान्ड अप कमेडी, सर्कस, एक्रोबेटिक्स, जादू, नाटक सबभन्दा लोकप्रिय बनेका छन्।