राष्ट्रिय दिवसको विदामा हङकङमा नाइट मार्केट महोत्सव
2023-10-02 16:58:12cri
Share with:

हाल हङकङ विशेष प्रशासन क्षेत्र सरकारले हङकङ रङ्गिन रात कार्यक्रमको आयोजना गरी हङकङमा रात्रिकालीन सौन्दर्य प्रदर्शन गरेको छ। हङकङका विभिन्न क्षेत्रले राष्ट्रिय दिवसका अवधिमा नाइट मार्केट कार्निभल र पर्यटक बजारको आयोजना गरेबाट हङकङ रातिको सुन्दर दृश्यको अनुभव सर्वसाधारणलाई प्रदान गरेका छन्।

 

पर्यटकलाई सुविधा उपलब्ध गराउन हङकङ सरकारले प्रवर्द्धन चलाएको छ। अक्टोबर १ तरिखदेखि हङकङका ६० भन्दा बढी व्यावसायिक थिएटरको टिकटमा आधा छुट दिइएको छ। सर्वसाधारणले लाइट रेल, सबवेइ, बस, ट्राम र फेरी चढ्न निःशुल्क छ। विज्ञान संग्रहालय र अन्तरिक्ष संग्रहालयको स्थायी प्रदर्शनी, विज्ञान संग्रहालयको विशेष प्रदर्शनी र सिँसार पार्क पनि सर्वसाधारणका लागि नि:शुल्क खुल्ला गरिएको छ।

 

हङकङका सर्वसाधारण भन्छन्: हाल सरकारका नीतिहरू निकै राम्रा छन् र सर्वसाधारणको जीवन पनि झनै राम्रो बनेको छ। मातृभूमिको विज्ञान तथा प्रविधि प्रगति छ भने जनताको जीवन समृद्ध भएको छ। खुशी र मातृभूमि अझ बलियो र समृद्धि हुने इच्छा आफूले लिएको उनीहरुले बताएका छन्।