इन्डोनेसियाकी विद्यार्थी बाई च्याच्याको चीन बसाइको कथा-२
2023-10-02 17:03:11cri
Share with:

विगत ६ वर्षयता शिक्षक तथा सहपाठीहरुको सहयोगमा बाई च्याच्या “रेशमी मार्गबाट सपना पूरा” नामक टोली तथा “चिनियाँ भाषाको प्रकाश” नामक चिनियाँ संस्कृतिको विदेशी प्रसारण स्वयंसेवा टोली लगायत स्या मन हवा छ्याउ विश्वविद्यालयका संगठनहरुमा सहभागी भएकी छिन्। सन् २०२० मा उनले “विदेशी नयाँ आवाज” नामक छोटो भिडियो समूहमा सहभागी हुँदै छोटो भिडियोबाट जीवन्त चिनियाँ कथाको अनुभव गरेकी थिइन्। यसबारे चर्चा गर्दै बाई च्याच्या भन्छिन्,चीनमा बसेको ६ वर्षमा मैले चीनको विशाल परिवर्तन देखेकी छु। तीमध्ये ग्रामिण क्षेत्रको पुन:उत्थान मेरो मनमा गहिरो छाप पर्‍यो। मैले चीनका धेरै ग्रामिण क्षेत्रहरु घुमेकी छु। स्थानीय गाउँलेहरुले प्रत्यक्ष प्रसारणको तरिकाबाट कृषि उपजको विक्री गरेको मैले देखेँ। यो एउटा अर्थपूर्ण भएको मलाई लाग्छ। तत्काल मैले मेरा विदेशी सहपाठीहरुसँग इ-व्यापारमार्फत गरिबी निवारण तथा प्रत्यक्ष प्रसारणमार्फत मालसामान बेचेको कुराको अनुभव गरेकी थिएँ। हाम्रो विचारमा इ-व्यापार र ग्रामिण क्षेत्रको पुन:उत्थान जोड्ने कुरा एउटा सिर्जनात्मक कदम हो। चीन सरकारले यस्तो सिर्जनात्मक तरिकामार्फत ग्रामिण क्षेत्रको पुन:उत्थान गरी गरिबी निवारण गरेकोमा मैले त्यसको प्रशंसा गर्नुपर्छ।

 

बाई च्याच्याको छोटो भिडियोले चीनका सुन्दर ग्रामिण क्षेत्रहरुमा देखा परेको साँचो र रोचक कथाको रिकर्ड गर्नुका साथै चिनियाँ कम्युनिष्ट पार्टीहरुका सदस्यहरुले सर्वसाधारणका लागि हित-कल्याण ल्याउन गरेको कोसिस पनि प्रदर्शन गरेको छ। उनी भन्छिन्,मेरो मनमा सबैभन्दा गहिरो छाप तोङ शान टापू हो। तोङ शान टापू फु च्यान प्रान्तमा अवस्थित छ। त्यहाँको दृश्य निकै सुन्दर छ। त्यहाँ विविध संस्कृति, प्राचीन कालका निर्माणवस्तु तथा हस्तकलाहरु छन्। तथापि पहिले तोङ शान टापूमा अन्न तथा फलफूल उत्पादन गर्न सकेको थिएन। स्थानीय बासिन्दाहरु तोङ शान टापूलाई छोडेर गएका थिए र उनीहरू त्यस बेला अरू ठाउँमा गइ मागेर खाने गरेका थिए। सन् १९५० मा चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य कु वन छाङको नेतृत्वमा तोङ शान टापू एउटा पर्यावरणीय टापू बनेको थियो। कु वन छाङले स्थानीय बासिन्दाहरुलाई डोर्‍याएर वृक्षारोपण गरी जलाशयको निर्माण गर्दै समुद्री बाँधको निर्माण गर्नुभयो, जसबाट तोङ शान टापू जमिनसँग जोडिएको छ र तोङ शान टापू नयाँ रूपमा देखिएको हो। बाँधबाहेक बाटोको निर्माण पनि गरिएको छ। फुच्यान प्रान्तमा हरेक गाउँमा बाटो पुगेको पहिलो जिल्ला तोङ शान जिल्ला थियो।

 

बाई च्याच्याका अनुसार, चीन र इन्डोनेसिया छिमेकी मुलुक हुन्। मेदान इक्स्प्रेसवै तथा जाकार्ता बान्दुङ तिब्र रेलले इन्डोनेसिया र चीन बीचको मित्रतालाई जोडेको छ। आपसी लगानी तथा अन्तर सम्पर्कले दुई पक्षीय सहकार्यलाई अघि बढाउने छ। उनी भन्छिन्,मेदान इक्स्प्रेसवै तथा जाकार्ता बान्दुङ तिब्र रेल हाम्रो इन्डोनेसियामा सबैलाई थाहा छ। यिनीहरुबाट चिनियाँ प्रविधिको विकास कस्तो छिटो रहेको हामीले देखेका छौँ। दुई देश बीचको सहकार्यले इन्डोनेसियाको आर्थिक विकास तथा रोजगारीलाई अघि बढाउने छ। अहिले इन्डोनेसियामा अरु धेरै मानिसहरुले चिनियाँ भाषा सिक्ने तथा चीनबारे जानकारी लिने इच्छा गरेका छन्। म एक चिनियाँ शिक्षिका बन्ने कारण यो नै हो।