राष्ट्रिय दिवसका अवधिमा विभिन्न सैन्य शिविरमा विविध कार्यक्रम
2023-10-03 16:07:06cri
Share with:

चीनको राष्ट्रिय दिवसको क्रममा विभिन्न सैन्य शिविरमा विविध साँस्कृतिक तथा खेलकुद कार्यक्रमको आयोजना गरी मातृभूमिको जन्म दिवस मनाइएका छ।

 

४००० मिटर भन्दा अग्लो तिब्बती सैन्य शिविरमा “मातृभूमिसँग हुर्केको छु” शीर्षक कार्यक्रमको आयोजना गरिएको छ। सैनिकहरूले लाल गीत गाउने, म्युजिक भिडियो रिकर्ड गर्ने, भाषण प्रतियोगिता, टग-अफ-वार लगायत कार्यक्रमहरू संचालन गरेका छन्।

 

सिनच्याङका एक सैन्य शिविरले “लाल झण्डामूनि मातृभूमिसँग हुर्केको छु” शीर्षकमा कार्यक्रम आयोजना गरेको छ। सो अवसरमा सैनिक प्रतिनिधिले आ-आफ्ना विकास अनुभव, आफू र सेनाबीचको ठूलो परिवर्तनसम्बन्धी कथा शेयर गरेका छन्। जसबाट सीमा क्षेत्रमा समस्त सेनाको दृढ विचारलाई अझ कडा बनाइएको छ।

 

स्थलसेनाको ७१ औँ समूहमा स्वयंसेवक सेना नामक चलचित्रहरू प्रदर्शन गरिएको छ यसरी नै समूहका सेना र परिवारले शिविरभित्र चलचित्र हेर्न पाएका छन्। साथै पढ्ने कोठा, खेल्ने कोठा आदि पनि खोलेका छन् र सेना तथा परिवारको विदा जीवनलाई विविधता प्रदान गरिएको छ।