सी चिनफिङद्वारा माल्दिभ्सका राष्ट्रपतिलाई बधाइ
2023-10-03 17:12:56cri
Share with:

अक्टोबर ३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मोहम्मद मुइजलाई सन्देश पठाएर माल्दिभ्सका राष्ट्रपति पद सम्हाल्नुभएकोप्रति बधाइ ज्ञापन गर्नुभएको छ।

 

सी चिनफिङले चीन र माल्दिभ्सबीच लामो इतिहासदेखि मैत्रीपूर्ण आदान-प्रदान भइरहेको भन्दै चीन र माल्दिभ्स आपसी विश्वास र सहयोगी साथी हुनुका साथै हात मिलाएर विकास र साझा समृद्धि हुने साझेदारी पनि रहेको आफ्नो बधाई सन्देशमा उल्लेख गर्नुभएको छ। आफूले चीन-माल्दिभ्स सम्बन्धको विकासमा उच्च ध्यान दिनुका साथै राष्ट्रपति मोहम्मद मुइजसँग मिलेर परम्परागत मित्रतालाई प्रचार गरी व्यावहारिक सहयोगलाई गहन पारेर दुई देशबीच भविष्य उन्मुख व्यापक मैत्रीपूर्ण सहयोगी साझेदारी सम्बन्धको नयाँ प्रगतिलाई बढाउने इच्छा लिएको पनि सीले उल्लेख गर्नु भएको छ।