चिनियाँ अल्पसंख्यक जातिले मनाउने मध्य-शरद पर्व अर्थात चोङ् छ्यौ च्ये पर्व-२
2023-10-03 17:04:51cri
Share with:

सेप्टेम्बर २९ तारिख  चिनियाँ पात्रो अनुसार, आठौं महिनाको पन्ध्रौं दिन हो। त्यस दिन चीनको चोङ् छ्यौ च्ये अर्थात् मध्यशरद पर्व हो। तर चिनियाँ अल्पसंख्यक जातिहरूले यस पर्व मनाउने तरिका फरक-फरक छ।

 

क.  युन नान प्रान्तमा बसोबास भएका ताइ जातियहरू चन्द्रमाको पूजाआजा

 

ताइ जातीय किंवदन्तीमा चन्द्रमा स्वर्ग सम्राटको तेस्रो छोरोबाट बनाइएको हुन्। उनले ताइ जातिको नेतृत्व गरेर शत्रुलाई जितेका थिए। उनको निधन भएपछि चन्द्रमा बनेर आकाशमा नरम चाँदनीबाट अंध्यालो अवस्थामा पर्ने ताइ जातीय सर्वसाधारणलाई उज्यालो पठाएका थिए।

 

ख.अलुनछुन जातीयहरू “चन्द्रमा पिट्ने”

 

अलुनछुन जातीयहरू चन्द्रमाको पूजा गर्ने रितिरिवाज विशेष छ। उनीहरूले खाली ठाउँमा सफा पानी भनिएको बेसिन राखेका छन्। चन्द्रमाको छाया पानीमा स्पष्ट रूपमा देखिएको छ। त्यसपछि मान्छेहरूले साना ढुंगामार्फत् बेसिनमा रहेको चन्द्रमा पिट्ने गर्दछन्।

 

ग.  मंगोलिया जातिहरू चन्द्रमा पिछा गर्नु

मध्य शरद पर्वको राति मंगोलिया जातिहरू चन्द्रमा पिछा गर्ने खेल गर्दछन्। यिनीहरू व्यापक घाँसे मैदानमा पश्चिमतिर घोडा चढेका छन्।

मंगोलिया जातिजस्तै केही क्षेत्रमा बसोबास भएका तिब्बत जातीयहरू चन्द्रमा खोजेका छन्। त्यस राति युवा-युवती र बच्चाहरू नदी वा तालमा रहेको चन्द्रमाको छायाँ खोजेका छन्।

 

घ.  चीनको उत्तर-पूर्वी क्षेत्रमा बसोबास भएका ह च जातीयहरू प्रत्येक मध्य शरद पर्वमा अंगुर टिपेर चन्द्रमाको पूजा गर्दछन्। जसले एकजना स्मार्ट तथा मेहनती बुहारीको सम्झना गर्ने गरिन्छ। ती बुहारी सासूको दुव्र्यवहारबाट आजित भएर लुक्नका लागि नदीको किरामा चन्दामासँग सहयोग मागेकी थिइन्। अन्त्यमा उनी चन्द्रमामा गएर लुकेको कथा प्रचलनमा छ।

 

ङ.  यी जातियले चन्द्रमाको नाच गर्ने

मध्य शरदको पर्वमा यी जातिका विभिन्न गाउँका गाउँलेहरू एउटै ठाउँमा भेला भएर रमाइलो रूपमा नाचगान गर्दछन्। त्यस्तो नाच चन्द्रमामा नाच्नु भनिन्छ। नाचगान गर्दा युवा-युवतीहरू गीतबाट आपसलाई माया व्यक्त गरेका छन्। त्यस्तै अवस्थामा आकाशमा रहेको चन्द्रमाले पनि उनीहरूबीचको सदिच्छापूर्ण प्रेम सुनिन्छ। 

 

साथसाथै म्याउ जाति, काउ शान जातिलगायत जातीयहरूलेपनि विविध तरिकामार्फत् रमाइलो रूपमा मध्य शरद पर्वको पूर्णिमा मनाएका छन्।