बन्दुक हिंसा अमेरिका नाबालिगको सबैभन्दा ठूलो हत्यारा
2023-10-03 16:08:18cri
Share with:

अमेरिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र अर्थात सीडीसीको पछिल्लो तथ्याङ्क अनुसार, अमेरिकामा बन्दुक हिंसाबाट झनै बढी अमेरिकी नाबालिग पीडित भएका छन् भने बन्दुक हिंसाले यातायात दुर्घटनालाई नाघेर अमेरिका बालबालिका तथा किशोरकिशोरीको सबभन्दा ठूलो हत्यारा बनिसकेको छ।

उक्त तथ्याङ्क अनुसार, सन् २०२१ मा अमेरिकामा २२७९ जना बालबालिका र किशोरकिशोरी बन्दुक हत्या प्रकरणमा मारिएका थिए जुन दश वर्षअघिको भन्दा दोब्बर हो। सन २०१९ देखि २०२१ सम्मका ३ वर्षमा उक्त संख्याको बृद्धि दर ५० प्रतिशत पुगेको छ। सन् २०२१ मा अमेरिकी बालबालिका र किशोरकिशोरीको मृत्यु कारणमध्ये १९ प्रतिशत बन्दुक हिंसासँग सम्बद्ध छ र बन्दुक हिंसा नै यातायात दुर्घटनालाई नाघेर अमेरिकी बालबालिका तथा किशोरकिशोरीको सबभन्दा ठूलो हत्यारा बनिसकेको छ। अफ्रिकी-अमेरिकी बालबालिका र किशोरकिशोरी श्वेत मानिसको तुलनामा बन्दुकको हिंसाबाट मर्ने सम्भावना बढी भएको पनि उक्त तथ्याङ्कमा देखाइएको छ।

अमेरिका लोक क्षेत्रमा बन्दुक नियन्त्रणको आवाज बढ्दै आए पनि अमेरिकामा राजनीतिक ध्रुवीकरण, बन्दुक समर्थक संगठन तथा बन्दुक निर्माता र राजनीतिज्ञबीचको मिलीभगत जस्ता कारकको प्रभावमा प्रभावकारी बन्दुक नियन्त्रण नीतिको सार्वजनिक गर्न गाह्रो देखिएको छ साथै बन्दुक हिंसा समस्या चर्कँदै आएको छ।