एशिया खेलकुद क्रममा चच्याङ प्रान्तमा प्रस्थान कर फिर्ता कार्यक्रम
2023-10-03 16:05:37cri
Share with:

हाङचौ एशिया खेलकुदको अवधिमा चच्याङ प्रान्तीय कर विभागले प्रस्थान कर फिर्ता पसलको थप विस्तार गर्नुका साथै हाङचौमा प्रस्थान कर फिर्ता अर्थात “किनेपछि तत्कालै कर फिर्ता” कार्यक्रमको पाइलट गरेको छ।

 

चच्याङ प्रान्तमा प्रस्थान कर फिर्ता पसलको थप विस्तार गरिएपछि हाल प्रान्तभर प्रस्थान कर फिर्ता पसलको संख्या १६२ पुगेको छ भने हाङचौ प्रमुख व्यापारिक जिल्ला केन्द्रित र सम्पूर्ण चच्याङ प्रान्तलाई समेट्ने प्रस्थान कर फिर्ता पसलको लेआउट स्थापना गरिएको छ। यसबाहेक चच्याङ प्रान्तीय कर विभागले हाङचौ शहरमा प्रस्थान कर फिर्ता अर्थात “किनेपछि तत्कालै कर फिर्ता” कार्यक्रमको पाइलट गरेको छ यसरी नै विभिन्न मुलुकका खेलाडी प्रतिनिधिमण्डल र विदेशी पर्यटकले पाइयलट पसलमा सामान किन्नेपछि तत्कालै कर फिर्ता गरिएका वस्तुमा भ्याटको वास्तविक फिर्ता बराबरको आरएमबी नगद प्राप्त गर्न सक्छन्।

 

प्राप्त तथ्याङ्क अनुसार, अक्टोबर १ तारिखसम्म चच्याङ प्रान्तमा कर फिर्ता सामानको बिक्री मात्रा २ करोड ७८ लाख ९८ हजार ४ सय चिनियाँ युआन पुगेको भने कर फिर्ता मात्रा ३२ लाख ९ हजार ५ सय चिनियाँ युआन पुगेको छ।