पार्टी संघर्षबाट अमेरिकी प्रतिनिधिसभा अराजकतामा फस्दै
2023-10-04 16:48:46cri
Share with:

अक्टोबर ३ तारिख अमेरिका प्रतिनिधिसभाले रिपब्लिकन सभामुख केभिन मेककार्थीलाई हटाउन मतदान गरेको छ। मतदानको अन्तमा हटाउने पक्षमा २१६ मत र विपक्षमा २१० मत परेपछि मेककार्थीलाई फिर्ता बोलाउने प्रस्ताव पारित गरेको छ। यसबाट मेककार्थी अमेरिका इतिहासमा मतदान गरी हटाइएका पहिलो प्रतिनिधिसभाका सभामुख बनेका छन्।

 

मिडियाका अनुसार यसले पार्टी संघर्ष जारी भइरहेको अमेरिकी प्रतिनिधि सभामा थप अराजकता निम्त्याउनेछ।

 

रोयटर्सका अनुसार, म्याकार्थीलाई हटाइनु नै यस वर्ष अमेरिकाले संकुचित रूपमा ऋण डिफल्ट छुटेपछि सरकारले लगभग बन्द गराएको गतबिधिपछि अमेरिकाका लागि अर्को नाटकीय एपिसोड थपिएको छ। जसले प्रतिधिनिसभालाई अज्ञात अवस्थातिर धकेल्नेछ।

 

एसोसिएटेड प्रेसका अनुसार, मेककार्थीलाई हटाइएपछि यदि रिपब्लिकन पार्टी भित्र उनको स्थान लिनका लागि कुनै पनि सर्वसम्मत उम्मेदवार नभएको खण्डमा प्रतिनिधिसभा द्वन्द्वमा फस्नेछ।