चीनको इलेक्ट्रिक कारमा ईयुको अनुदान विरोधी अनुसन्धानबारे चीनको प्रतिकृया
2023-10-04 16:28:09cri
Share with:

चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले युरपेली संघले चीनको इलेक्ट्रिक कारमा अनुदान विरोधी अनुसन्धान गर्ने आधार तथाकथित अनुदान कार्यक्रम र हानिको धम्कीको बारेमा व्यक्तिपरक धारणा मात्र रहेको तर समर्थन गर्न पर्याप्त 

प्रमाणको अभाव रहेको बताएका छन्। यो विश्व व्यापार संगठनका सम्बन्धित नियमसँग विपरीत भन्दै चीनलाई त्यसबारे कडा असन्तोष लागेको पनि उनले व्यक्त गरेका छन्।

अक्टोबर ४ तारिख युरोपेली संघले विज्ञप्ति जारी गर्दै चीनको इलेक्ट्रिक कारमा ईयुको अनुदान विरोधी अनुसन्धान गर्न थालेको उल्लेख गरेको छ। त्यस बारे पत्रकारसँग कुराकानी गर्दै चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले उक्त कुरा बताएका हुन्।

चीनले विश्व औद्योगिक शृङ्खला र आपूर्ति शृङ्खलाको स्थिरता र चीन-युरोप व्यापक रणनीतिक साझेदारी सम्बन्धको संरक्षण गर्ने समग्र स्थितिबाट हेरी व्यापारिक उपायको सावधानीपूर्वक प्रयोग गरेर चीन-युरोप इलेक्ट्रिक कार उद्योगको संयुक्त विकासलाई न्याय, भेदभावरहित र अनुमानित बजार वातावरण प्रदान गर्न युरोपेली संघलाई ताकिता गरेको पनि प्रवक्ताले बताए।