विदाको अन्त हुँदैगर्दा फर्किने यात्रु प्रवाह उच्च
2023-10-05 16:43:28cri
Share with:

अक्टोबर ५ तारिख चीनको मध्य शरद चाड र राष्ट्रिय दिवसको लामो विदाको सातौँ दिन हो। यस अवसरमा राष्ट्रिय यात्रु प्रवाह अझ उच्च स्तरमा रहेको छ र फर्किने यात्रु प्रवाह स्पष्ट रूपमा बढेको छ।

राष्ट्रिय रेल समूहबाट प्राप्त समाचारअनुसार, अक्टोबर ५ तारिख चीनभर रेलमार्ग प्रयोग गर्ने यात्रुको संख्या १ करोड ७९ लाख ५० हजार पुगेको अनुमान छ र १२३५१ वटा रेल गुड्ने निश्चित छ। तीमध्ये १७२९ वटा थपिएका रेल हुन्।

राजमार्गको हिसाबले चीनभरका एक्स्प्रेस राजमार्गको यातायात अवस्था पनि उच्च स्तरमा रहेको छ। विभिन्न एक्स्प्रेस मार्गमा फर्किने कारको प्रवाह बढ्दै जानेछ।

नागरिक उड्ड्यानमा ५ तारिख २२ लाख ६० हजार यात्रुले यात्रा गर्ने अनुमान छ भने गत महिनाको तुलनामा १.९ प्रतिशत बढेको छ। साथै चीनभरका जलमार्गबाट ११ लाख ५० हजार यात्रुले यात्रा गरेको अनुमान छ। यो सन् २०२२ को सोही अवधिको तुलनामा १६४.६२ प्रतिशत बढेको हो।