हाङचौ एशियाली खेलकुद र अपाङ्ग खेलकुदको बजार विकासबाट कूल ५ अर्ब चिनियाँ युआन आम्दानी
2023-10-05 16:42:44cri
Share with:

अक्टोबर ५ तारिख हाङचौ एशिया खेलकुद आयोजक समितिले पत्रकार सम्मेलन आयोजना गरी हाङचौ एशिया खेलकुद अभिनव बजार विकासको अवस्थाबारे जानकारी दिएको छ।

 हाङचौ एशिया खेलकुद आयोजक समितिको बजार विकास विभागका उप-प्रमुख तु मङफीले जानकारी दिनु भएअनुसार, हालसम्म हाङचौ एशिया खेलकुद र अपाङ्ग खेलकुदको बजार विकासको कूल राजस्व ५ अर्ब ३१ करोड ६० लाख चिनियाँ युआन पुगेको छ। तीमध्य इजाजतपत्र प्राप्त उत्पादनको रिलीज मात्रा १७ कोटिमा लगभग १५०० मोडेल छन् जुन हाङचौ स्थानीय विशेषताहरू मिलेका छन्। एशियाली खेलकुको इजाजतपत्र प्राप्त उत्पादनमार्फत सबैलाई हाङचौ स्थानीय सँस्कृतिको प्रवर्द्धन गरिएको छ।