एकता, आपसी विश्वास र सहयोग गर्न चीनद्वारा आह्वान
2023-10-05 16:22:16cri
Share with:

 संयुक्त राष्ट्र संघका लागि चीनका स्थायी प्रतिनिधि चाङ च्युनले अक्टोबर ४ तारिख एकता र आपसी विश्वास नै संयुक्त राष्ट्र संघले भूमिका निर्वाह गर्ने, संयुक्त राष्ट्र संघको बडापत्रको नियमको संरक्षण गर्ने, साँच्चिकै बहु-पक्षबादको पालना गर्ने, सहयोग गरी ग्लोबल चुनौतिको सामना गर्ने आधार भएको दोहोर्याउनुभएको छ।

चाङ च्युनले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको “हाम्रा साझा एजेन्डा” व्यवहार ब्रिफिङ सम्मेलनमा मन्तव्य दिँदै चीनले “हाम्रा साझा एजेन्डा” प्रतिवेदनमा उच्च ध्यान दिनुका साथै संयुक्त राष्ट्र संघको भूमिकालाई बढाउन र ग्लोबल चुनौतिको संयुक्त रूपमा समाना गर्न प्रतिवेदनको निकै महत्वपूर्ण अर्थ रहेको विचार लिएको व्यक्त गर्नुभयो।

सन् २०२० संयुक्त राष्ट्र संघ स्थापना भएको ७५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित विभिन्न कार्यक्रम मनाउने कार्यक्रमबाट भविष्य र युगबमोजिम नयाँ दिशा निश्चित गर्ने चर्चित छलफल सुरु भएको थियो। सन् २०२१ मा महासचिव गुटेरेसले “हाम्रा साझा एजेन्डा” प्रतिवेदनलाई जारी गरी वर्तमान विश्वसमक्ष देखिएका विभिन्न कठिन र चुनौतिबारे जानकारी दिनुका साथै संकट सुल्झाउने अनेक सुझाव र कार्यान्वयन मार्ग उठाउनुभएको थियो।