सन् २०२३ दोहा विश्व बागवानी एक्स्पोमा चिनियाँ प्रदर्शन क्षेत्र लोकप्रिय
2023-10-05 16:27:42cri
Share with:

सन् २०२३ दोहा विश्व बागवानी एक्स्पो अक्टोबर २ तारिख उद्घाटन भएको छ भने ३ तारिख औपचारिक रूपमा सार्वजनिक लागि खुला भएको छ। यस एक्स्पोको प्रमुख विषय हरित मरूभूमि, सुन्दर वातावरण रहेको छ। नवीन सिर्जना गरी मरूभूमीकरण न्युनीकरण गर्न अन्तर्राष्ट्रिय समूहलाई प्रोत्साहन गर्नुका साथै मानिसको वातावरण संरक्षण चेतनालाई बढाउने एक्स्पोको लक्ष्य रहेको छ। कतार एक्स्पो आयोजक समितिले विशेष गरी चिनियाँ प्रदर्शन क्षेत्र राखेको छ।

 थाहा भएअनुसार, मध्य-पूर्व र उत्तर अफ्रिकी क्षेत्रमा यस खालको विश्व वागवानी एक्स्पोको आयोजना भएको यो पहिलो पटक हो। यहाँ ८० वटा मुलुक र क्षेत्रका प्रदर्शनी कक्षले विश्वका लगभग ३० लाख व्यक्तिलाई आकर्षित गर्नेछन्।