हाङचौको विकासमा विदेशी साथीहरूको प्रशंसा
2023-10-06 16:28:37cri
Share with:

हाङचौ १९औँ एसियाली खेलकुद जारी छ। विभिन्न मुलुकका खेलकुद अधिकारी, खेलाडी, पत्रकारहरूले प्रतियोगिताबाहेक हाङचौको अवलोकन गरी स्थानीय विकासमा पनि निकै ध्यान दिएका छन्। उनीहरूले सीएमजीसँग कुराकानी गर्दै हाङचौ सुन्दर र बस्न लायक आधुनिक शहर भएको भन्दै विशेषतायुक्त हाङचौमा चीनको विकासको अनुभव पनि लिएको व्यक्त गरेका छन्।

 

लाओस प्रतिनिधिमण्डलको शूटिङ टीमका कोच पार्न डौयाङपास्युथले भन्नुभयो, ‘चिनियाँ नेताको दूरदर्शी अन्तर्राष्ट्रिय परिप्रेक्ष्यबारे मैले निकै प्रशंसा गर्छु। विश्वका विभिन्न मुलुकका अनुभव संकलन गरे हाङचौको निर्माण भएको हेरेँ जुन निकै प्रशंसा गर्नलायक छ, मेरो जन्मथलो हाङचौ जस्तै सुन्दर बन्नसक्ने मेरो आशा छ।’

 

बंग्लादेश राष्ट्रिय टेलिभिजनका वरिष्ठ पत्रकार माहबुबुर राहमानले हाङचौ सञ्चार उपकरण बजारको अवलोकन गरेपछि भन्नुभयो, ‘हामीलाई थाहा छ कि चीनको विज्ञान तथा प्रविधि विकसित छ र यहाँ हाङचौ विज्ञान तथा प्रविधिको विकास र संभावित शक्ति देखिरहेका छौँ।’

 

अफ्गानिस्तानी क्रिकेट टीमका खेलाडी अफ्सार जाजाइले हाङचौ ओलम्पिक खेलकुद केन्द्रको रात्रीकालीन दृष्यावलोकन गर्दा अचम्म लागेको भन्दै हाङचौ निकै सुन्दर रहेको टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, ‘यहाँ चीनको आर्थिक विकासको अनुभव लिएँ साथै मेरो मुलुक पनि यति सुन्दर बन्नसक्ने आशा लिएको छु।’