हाङचौको चिया गाउँ
2023-10-06 16:45:30cri
Share with:

हाङचौ १९औँ एशियाली खेलकुद भव्य रूपमा चलिरहेको छ। हाङचौ ऐतिहासिक तथा साँस्कृतिक शहर मात्र होइन साथै चर्चित चिया शहर पनि हो। एशियाली खेलकुदको अवधिमा हाङचौको एक चिया कला गाउँले धेरै चिनियाँ तथा विदेशी पर्यटकको ध्यान तानेको छ।

 

१४०० हजारभन्दा लामो इतिहास बोकेको वाइथुङवु गाउँ हाङचौको सीहु तालको दक्षिण-पश्चिमपट्टिको पहाङबीच पर्छ। सीहुलुङचिङ चियाको प्रमुख उत्पादित क्षेत्रको रूपमा रहेको गाउँका हरेक परिवारले चिया रोप्छ र त्यहाँ वर्षभर चियाको सुगन्ध फैलिरहन्छ।

 

सन् २०१०देखि वाइथुङवु गाउँले कला गाउँको रूपमा पहिचान बनाउन थालेको हो। गाउँले कलाकार, डिजाइनर, हस्तकलाकारलाई भित्र्याएर तेल चित्रकला, चिनियाँ चित्रकला, मूर्तिकला, सिरेमिक, फोटोग्राफी आदिका लागि विभिन्न स्टुडियो खोलेका थिए। यसरी नै युगौयुगदेखि चिया कृषि आधारित सामान्य चिया गाउँबाट हालको साँस्कृतिक कला गाउँसम्म विकास भएको छ र स्थानीय बासिन्दाको आय पनि धेरै बढेको छ।