जापानले फुकुशिमा आणविक दूषित पानी समुद्रमा दोस्रो पटक फाल्नेबारे चीनको प्रतिकृया
2023-10-06 16:30:12cri
Share with:

 अक्टोबर ५ तारिख जापानी टोकियो विद्युत कम्पनीले घोषणा गरी सोही दिन फुकुशिमा आणविक दूषित पानी समुद्रमा विसर्जन सम्बन्धी दोस्रो चरण सुरू गरेको छ र १७ दिनमा ७८०० टन फोहर विसर्जन गरिसक्ने निश्चित भएको बताएको थियो।

 चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले त्यसबारे पत्रकारसँग कुराकानी गर्दै फुकुशिमा आणविक दूषित पानी समुद्रमा छोडिने बारे चीनको अडान निरन्तर र स्पष्ट रहेको भन्दै चीनले जापान एकै पक्षले आणविक दूषित पानी समुद्रमा फालेकोप्रति कडा विरोध गरेको व्यक्त गर्नुभयो।

 प्रवक्ताले समुद्र समस्त मानवजातिको साझा सम्पत्ति हो भन्दै जापान सरकारले अन्तर्राष्ट्रिय समूहको नजरको पूर्ण रूपमा प्रतिकृया गरी छिमेकीहरूसँग सम्पूर्ण रूपमा सल्लाह गरेर जिम्मेवारीपूर्वक आणविक प्रदूषित पानीको प्रशोधन गर्नुपर्ने दोहोर्याउनुभयो। अन्तर्राष्ट्रिय समूहले दीर्घकालीन प्रभावकारी अन्तर्राष्ट्रिय पर्यवेक्षण कार्यक्रमको रचना गरी जापानका छिमेकीहरूका सरोकारवालाहरूको व्यवहारिक सहभागिता निश्चित गर्नुपर्ने पनि उहाँले उल्लेख गर्नुभयो।