राष्ट्रियसभा उपाध्यक्ष अर्याल र चिनियाँ विदेशमन्त्री वाङ यीको भेट
2023-10-06 16:09:15cri
Share with:

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच तिब्बतमा भेटवार्ता भएको छ। चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, तिब्बतका लागि नेपाली महावाणिज्यदूत नवराज ढकालसहित डेलिगेसन तहको भेट भएको हो। अर्यालले निहाउ भन्दा वाङ यीले नमस्ते भनेर कुरा सुरु गर्नुभएको थियो।

 तिब्बती सहर निङ्चीमा आयोजना भएको तेस्रो चीन तिब्बत हिमालय पार अन्तर्राष्ट्रिय सहकार्य मञ्चको कार्यक्रममा आएका वाङ यी र अर्यालको साइडलाइन भेट भएको हो।

भेटमा दुई देशको सम्बन्ध बारेमा छलफल भएको हो। डेलिगेसन तहको भेटमा भएको छलफलमा अर्यालले अङ्ग्रेजी र चिनियाँ विदेशमन्त्री वाङ यीले चिनियाँ भाषामा सम्बोधन गर्नुभएको थियो। अर्यालले चीनले विकासमा राम्रो फड्को मारेको देखी नेपाललाई हार्दिन सहयोग गरेको बताउनुभयो। याङ यीले नेपाल र चीन पहाड हिमाल र खोलाले जोडिएको देश भएको मञ्चमा नेपाल प्राकृतिक साझेदार भएको बताउनुभयो।

 वाङ यीले मञ्चको औपचारिक कार्यक्रममा सम्बोधन गर्दै हालसालै प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा हुँदा नेपाल चीन हरित सम्झौता भएको पनि उल्लेख गर्नुभएको थियो।

दुई दिने विश्व मञ्चमा नेपाल, भुटान, श्रीलङ्का, चिली, नर्वे, अफगानिस्तान, पाकिस्तान, इटाली आदि देशका नेतृत्वहरूको भेला रहेको छ । सन २०१८ मा पहिलो पटक यो मञ्चको कार्यक्रम आयोजना भएको नेपालप्रेस अनलाइनले जनाएको छ।

 दोस्रो कार्यक्रम सन २०१९ मा भएको थियो। कोभिडले गर्दा कार्यक्रम चार बर्स धकेलिएर आजबाट तेस्रो पटक आयोजना भएको हो। मञ्चको उद्घाटन अगाडिको साँझ आयोजना भएको कार्यक्रममा पोखराको पर्यटन गीत प्रस्तुत गरिएको थियो। पोखरा र तिब्बती सहर निङ्चीको भगिनी सम्बन्ध भएकोले प्रस्तुति भएको हो।